चितवन । चितवन प्रहरीले जेष्ठ महिनामा मात्रै १ सय ५८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चितवन जिल्ला अदालतले विभिन्न मितिमा गरेका फैसला कार्यान्वयन गर्न प्रहरी टोली परिचालन गरिएकामा १५८ प्रतिवादी पक्राउ परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । पक्राउ परेपछि उनीहरुलाई आवश्यक कारबाहीको लागि अदालतमा उपस्थित गराइएको थियो । उनीहरुबाट २१ वर्ष ६ महिना १६ दिन कैद र २६ लाख ६४ हजार ३६९ रुपैयाँ जरिवाना असुल गरिएको उनले बताए ।









