प्रेस चाैतारी चितवनको भवन निर्माणमा एमाले युवा नेता रेग्मीले गरे आर्थिक सहयोग

चितवन । चितवनको भरतपुर ११ बसेनीमा निर्माण भैरहेको प्रेस चाैतारी चितवनको भवनलाई एमाले युवा नेता ऋषिकेश रेग्मीले आर्थिक सहयोग गरेका छन् । प्रेस चाैतारीकाे देशकै पहिलो निर्माणाधीन भवनलाई एमाले नेता रेग्मीले नगद १५ हजार आर्थिक सहयोग गरेका हुन् ।

श्रमजीवी पत्रकारहरूकाे सबैभन्दा ठूलो संगठन प्रेस चाैतारीकाे भवन निर्माण हुँदै गरेकोमा पत्रकारहरूलाई उर्जा र हाैसला थप्न आफ्नाेतर्फबाट सक्दाे सहयोग गर्ने नेता रेग्मीले प्रतिवद्दता ब्यक्त गरे । उनले भवन निर्माणमा सबैले आआफ्नाे ठाउँबाट सकेको सानाे/ठुलो सहयोग गर्न सबैलाई अपिल गरे । चाैतारीकाे देशकै पहिलो भवन भएकोले देशभरका चाैतारीमा आवद्व पत्रकारहौले सहयोग गर्ने विश्वास लिएको उनको भनाई छ । प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणकाे कार्य तीब्र गतिमा अगाडि बढेकाे भन्दै सबैकाे साझा प्रयास, सहयोग र प्रयत्नबाट भवनलाई पूर्णता दिने बताए ।

अध्यक्ष पण्डितले भवन निर्माणमा आर्थिक सहयोग गर्ने एमाले युवा नेता रेग्मीलाई संगठनको तर्फबाट धन्यवाद दिँदै सबैको सहयोगकाे अपेक्षा गरिएको बताए । समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा प्रेस चाैतारी चितवनले भवन बनाइरहेकाे छ । भवनको माथिल्लो डीपीसी सकेर पिलरकाे काम भैरहेको छ । असार दाेस्राे हप्तासम्म ढलान गर्ने याेजना रहेको चाैतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको