रत्ननगरस्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रमा पानी माग्न महादेवको पुजा

चितवन । पूर्वी चितवनको रत्ननगरमा पानी माग्दै महादेबको पुजा गरिएको छ ।

लामो खडेरीको कारण जनजीवन प्रभावित भएपछि रत्ननगर स्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रको परिसरमा रहेको महादेव र सरस्वतीको मन्दिरमा पुजा गरेर भगवानसंग पानी मागिएको हो । पानीकै लागि पुजारी, कर्ता र चेपाङ बालबालिकाहरुले जलधारा समेत गरेका छन् । आफुले मान्ने देवतालाई छुवाएको पानी एकआपना छर्किए पानी पर्छ भन्ने प्रचलन रही आएको छ ।

यसैलाई जलधारा भनिन्छ पुजारी उदयनन्द भट्टराईले भने जलधारा गरेर महादेव भगवानको पुजा गरे पानी पर्ने सम्भावना सत प्रतिशत हुन्छ । पानी माग्दै देवीदेवताको पुजाआरधाना सहित रुद्रिपाठ समेत गरिएको छ । रितपूर्वका पुजारी,कर्ता र पाठपारायण गर्ने बटुकहरु सहित पानीका लागि पुजा लगाइएको हो । पुजामा कर्ताको रुपमा सञ्चारकर्मी समेत रहेका कृष्ण खनाल बसेका थिए ।

लामो खडेरीका कारण जनजीवन प्रभावितसंगै चेपाङको खोरिया खेतमा लगाएको मकै समेत सुकेर नष्ट भएका छन् । सीमान्तकृत चेपाङ समुदायले तीन महिना खाने अन्नको रुपमा रहेको मकै बोटमै सुकेपछि अब चेपाङलाई ६ महिना अनिकल लाग्ने सम्भावना भएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताए । बालवालिकालाई रितीरिवाज सिकाउदै पुजापाठ गरी भगवानसंग पानी मागेका छौं अध्यक्ष शर्माले भने रितपूर्वक पुजा गरेको हुँदा अब पानी पर्छ ।

पुजा लगाएको तीन दिन भित्र पानी पर्ने जनविश्वास रही आएको छ । चितवनमा लामो समय देखि पानी नपरेपछि जिल्लाका ठाउँ ठाउँमा पानी माग्दै पुजाआराधाना तथा भ्याकुताको विहे समेत गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको