पूजाकाेठामा झुन्डिएको अवस्थामा श्रीमान- श्रीमती मृत फेला

हेटौंडा । मकवानपुरको हेटौंडामा झुन्डिएको अवस्थामा श्रीमान श्रीमतीनै मृत फेला परेका छ्न् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित चाइना क्वाटरमा आफ्नै घरको पूजा कोठामा उनीहरु मृत फेला परेका हुन् ।

७८ वर्षीय को कृष्ण प्रसाद दाहाल र श्रीमती ७४ वर्षीया की नन्द कुमारी दाहाल झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

आफ्नै तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुबैजना करिब ३ मिटरको फरकमा फलामको ट्रसमा धोती (गम्छा) को पासो लगाई झुन्डिएको अवस्थामा उनीहरु मृत फेला परेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको