चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा ५ कल्याणपुर स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा भरतपुर १९ का २७ वर्षका सन्तोष गुरुङको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
आइतबार साँझ कल्याणपुर तर्फ आउदै गरेको गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल अनियन्त्रीत भै दुर्घटना हुँदा उनि गम्भिर घाइते भएका थिए । घाइते गुरुङको उपचारको क्रममा आज विहान पौने ३ वजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।









