नवलपरासी । भारतीय व्यक्ति सँग मिलेर पश्चिम नवलपरासीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ।
रामग्राम नगरपालिका वडा नं १४ का २९ वर्षका अब्दुल नसिम खाँकि श्रीमती हशिवुन निसाले आफ्ना भारतीय साथीसँग मिलेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
ज्येष्ठ १८ गते राति २ बजे श्रीमती हशिवुन निसाले श्रीमान् नसिम खाँ आफ्नै घरमा सुतिरहेको अवस्थामा आफ्ना भारतीय साथीको सहयोगमा हत्या गरेको प्रहरीको भनाई छ । श्रीमानको हत्या पछि दुवैजना मिलेर घर देखि अन्दाजी १०० मिटर पश्चिम तर्फ खेतमा लगेर शव पुरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको हो ।मोबाइलको डाटा केवलले घाँटी कसेर २९ वर्षका श्रीमानको हत्या गरेको श्रीमतीले प्रहरीलाई बताएकी छन् ।श्रीमानको हत्या गरेपछि उनले भोलिपल्ट ज्येष्ठ १९ गते श्रीमान् हराएको भन्दै खोजतलास गरिदिन प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन ।
श्रीमान् र श्रीमती बीच पटक पटक झैँ–झगडा हुने गरेको र श्रीमान् अब्दुल नसिम खाँ ले दैनिक रुपमा कुटपिट गर्ने तथा २ जना छोराहरूको हेरचाह नगर्ने, स्कुलमा पढ्न पनि नपढाउने र घरमा बारम्बार घरेलु हिंसाबाट आफू प्रताडित भएकाले हत्या गर्न बाध्य भएको श्रीमतीले प्रहरी समक्ष बयान दिएको प्रहरीले डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।श्रीमानको हत्या गर्ने हशिवुन निसालाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको र हत्यामा सङ्लन रहेका उनका भारतीय साथीको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।









