नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाणसहित तीन जनाको बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त महर्जनको बयान सुरु भएको हो । २५ नं इजलासमान्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष तीनै जनाले बयान दिन सुरु गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएकोमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार छन् ।

पक्राउ परेकामध्ये खाण, रिजाल र महर्जनसँगमात्र बयान लिन बाँकी छ । अन्य १५ प्रतिवादीसँग बयान लिइसकिएको छ । अदालत स्रोतका अनुसार उनीहरुको आजै बयान सकिने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको