चितवन । चितवनको कालिका नगरपालिकाले अत्याधिक गर्मिहुन थालेपछी विद्यालयहरुमा बिदा दिएको छ । आज शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै बिदा दिइएको जनाएको हो ।
सूचनामा बढ्दो गर्मिका कारण विद्यार्थीहरु प्रभावित हुन थालेपछी ६ दिनका लागि विद्यालयहरुमा बिदा दिइएको भनिएको छ । केही दिनयता गर्मी निकै बढेको र विद्यार्थीलाई आउन जान र पठनपाठनमा प्रतिकुल असर पर्न थालेपछी सामुदायिक र सस्थागत विद्यालयहरुमा जेठ २१ देखि २६ गतेसम्म बिदा दिइएको कालिका नगरपालिकाका प्रमुख प्रशासीय अधिकृत केशव प्रसाद उपाध्याले जानकारी दिए ।
२१ गतेदेखि २६ गतेसम्म साउन महिनामा दिइने बर्षे बिदाबाट कटौती हुने गरि ६ दिन बिदा दिइएको प्रमुख प्रशासीय अधिकृत उपाध्याले बताए । गर्मिका कारण विद्यार्थीहरु बिरामी पर्न थालेको फोन आउन थालेको उनले बताए ।









