चितवनको रत्ननगर नगरपालिकामा गर्मी बढेपछि ५ दिन विद्यालय बिदा

चितवन । चितवनको रत्ननगर नगरपालिकाले अत्याधिक गर्मिहुन थालेपछी विद्यालयहरुमा बिदा दिएको छ ।

बढ्दो गर्मिका कारण विद्यार्थीहरु प्रभावित हुन थालेपछी पाँच दिनका लागि विद्यालयहरुमा बिदा दिइएको हो । केही दिनयता गर्मी निकै बढेको र विद्यार्थी लाई आउन जान र पठनपाठनमा प्रतिकुल असर पर्न थालेपछी सामुदायिक र सस्थागत विद्यालयहरुमा जेठ १९ देखि २४ गतेसम्म बिदा दिइएको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।

१९ गते विद्यालयले प्रयोग गर्न पाउने गरि पाँच दिनको स्थानीय बिदा कटौती हुने गरि एक दिन र २१ गतेदेखि २४ गतेसम्म साउन महिनामा दिइने बर्षे बिदाबाट कटौती हुने गरि पाँच दिन बिदा दिइएको शिक्षा अधिकृत सुवेदीले बताए । गर्मिका कारण विद्यार्थीहरु बिरामी पर्न थालेको फोन आउन थालेको उनले बताए । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै बिदा दिइएको जनाएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको