नमूना जहाज बनाउने चितवनका अभयलाई बुद्ध एयरले दियो १ लाख

चितवन ।  बुद्ध एयरले आफ्नो एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई सम्मान गरेको छ।

१८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको जनाएको छ।

बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन्।

कम्पनीले उनलाई एक लाख नगद पुरस्कार प्रदान गरेको प्रवक्ता दीपेन्द्र कर्णले बताए।

‘हामी उहाँको मेहनतका लागि धन्यबाद दिन चाहान्छौं। उहाँको उज्वल भविष्यको कामना गर्न चाहान्छौं,’ बुद्ध एयरले भनेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको