मुग्लिन नजिकै बस दुर्घटना: ३२ जना घाइते, केहीको अवस्था गम्भीर

चितवन । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ५ मुग्लिन नजिकै बस दुर्घटना हुदाँ ३२ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरा तर्फ जादैँ गरेको ग १ ख ७७०१ नम्बर बस केहीबेर अघि मुग्लिन सिमलधारा नजिक दुर्घटनामा परेका हुन्।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । तीब्र गतिमा रहेको बस ओभरट्याक गर्ने क्रममा सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिले राजमार्ग एकतर्फी मात्र सुचारु रहेको छ । सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको साहय्ताबाट दुर्घटनामा परेका बसलाई सडकबाट हटाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको