रेशमलाई आममाफी दिएपछि गगन थापा भने- यो राजाको शासन होइन, अदालतलाई हेप्न पाइँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले आममाफी दिएकोप्रति असन्तुष्टि जनाएका छन्।

नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै आफूलाई अफ्ठ्यारो पर्यो भन्दैमा अदालतलाई हेप्न नपाइने बताए।
नेपालको कानुनले अदालतको निर्णय गरेपछि अन्तिम फैसला सन्दर्भमा सजाय मिनाह हुन्छ कि हुँदैन भनेर व्यवस्था गरेको उनको भनाइ छ।

उनले भने, ‘यो राजाको शासन होइन। यहाँ हुकुम चल्दैन यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुन मात्रै चल्छ। कानुनको शासन मात्रै चल्छ। हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानुनलाई मिचेर थिचेर बलमिच्याइ गरेर हामी कुनै निर्णय गछौं। अदालतको पूर्णपाठ भएको छैन। हतार हतार निर्णय गछौं। हामीले अदालतलाई हेप्यौं। हामीले जे गरेपनि हुन्छ भन्यौं। हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुराहरु चल्छ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको