चितवनमा गैँडाको आक्रमणबाट एक महिला गम्भिर घाइते

चितवन । भरतपुर महानगरपालिका–६ देवनगर बस्ने एक महिलालाई सामुदायिक वनमा दाउरा काट्न जाँदा गैँडाले आक्रमण गरेको छ ।

शनिबार दिउँसो साढे ३ बजे बजेको समयमा आफ्नै घर नजिकै रहेको सिमसार वनमा दाउरा काट्ने क्रममा ४० वर्षिय गंगा भुजेल जंगली गैँडाको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आक्रमणबाट गम्भिर अवस्थामा पुगेकी भुजेलको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको