मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि चुमेकी हुन् ।

उनले लिबरल आर्टस/साइन्समा स्नातक गरेकी छन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् ।

पहिलो मिस नेपाल रुवि राणाकी छोरी उनले वातावरण विज्ञानमा स्नातक गरेकी छन् ।

यस्तै मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन् । उनी कमर्सियल पाइलट हुन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको