चितवन । चितवनमा लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन । हिजो सोमबार ८ बजे वडा प्रहरी कार्यलय नाराणयगढ चितवनबाट खटिएको प्रहरी टोलिले भरतपुर ४ यज्ञपुरीबाट भरतपुर ५ बस्ने २४ बर्षको बिमर्श शाही र वडा ७ बस्ने १९ बर्षको आयुष गुरुङलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा सेतो रङको प्लास्टिकको पुरियामा प्रतिबन्धित लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ७०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।









