चितवनमा हाबाहुरीले ५ करोडको केरा खेती नष्ट

चितवन । चितवनमा आइबार साँझ आएको हावाहुरीले किसानको खेतमा लगाएको पाँच करोड मुल्य बराबरको केराखेती नष्ट गरेको छ ।

जिल्लाका सातवटा पालिकाका किसानको केरा हावाहुरीले नष्ट गरेको हो । १५० विघामा लगाएको केरा पूर्णरुपमा क्षेति भएको चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्तले जानकारी दिए । १५० विघाको केरा नष्ट हुँदा करिब ५ करोड क्षति भएको उनले जानकारी दिए ।

जिल्लाको सात पालिका मध्ये खैरहनी र राप्तीमा बढी क्षति भएको छ । रत्ननगर र कालिकामा आंशिक क्षति भएको पन्तले बताए । जिल्लाका अन्य पालिकाका किसानहरुको केरा समेत हावाहुरीले नष्ट गरेको छ । रत्ननगर ५ झुवानीका किसान ऋषि गुरुङले खैरहनी र राप्तीमा गरी २२ विघा क्षेत्रफलमा खेती गर्दै आएका छन् ।

हावाहुरीले उनको १० हजार बोट केरा नष्ट गरेको छ । १० हजार बोट केरा नष्ट हुँदा करिब ५० लाख नोक्सान भएको किसान गुरुङले जानकारी दिए । रत्ननगरका बाबुराम भट्टको ५ विघाको केरा पूर्णरुपमा क्षति भएको छ । उनले रत्ननगर ४ सेरीमा १० विघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । ५ विघाको केरा नष्ट हुँदा २५ लाख नोक्सान भएको भट्टले जानकारी दिए ।

असारमा तयारी भएर बजार पठाउन योजना थियो उनले भने हावाहुरीले सबै योजना तहसनहस भयो । रत्ननगरकै बाबुराम दुवाडीको २ विघाको केराखेती नष्ट हुँदा १० लाख क्षति भएको छ । एकदुई महिना भित्रै तयारी हुने अबस्था थियो उनले भने हावाहुरीले एकाएक केरा नष्ट गरिदियो । हावाहुरीले मालभोग र जीआइन जातको केरा नष्ट गरेको छ । संघले सोमबार विहानै देखि क्षतिको विबरण संकलन गरेको थियो ।

यो प्रारम्भिक विबरण हो उनले भने मंगलबार सम्म यतार्थ विबरण आउने छ । चितवनमा ७५० जना किसानले तीन हजार विघामा व्यवसायिक रुपमा केरा खेती गर्र्दै आएका छन् । यहाँ बार्षिक ७० हजार मेट्रिक टन अतार्थ एक अर्ब ६० करोडको केरा उत्पादन हुँदै आएको छ ।

जिल्लाका अधिकाँस किसानहरुले जग्गा भाडामा लिएर केरा खेती गर्दै आएको महासचिव पन्तले बताए । यहाँका अधिकाँस किसानहरुले केरा खेतीको विमा गरेका छन् । विमाको लागि राज्यले अनुदान रकम उपलब्ध गराउदै आएको छ । echitwanpost

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको