चितवन । नेकपा एमालेनिकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) चितवन जिल्ला संयोजकमा हरि आचार्य चयन भएका छन । जिल्लाका संयोजक प्रकाश कालाखेतीले आफू अन्य काममा व्यस्त हुनुपर्ने भएपछि आचार्यलाई संयोजकको जिम्मेवारी तोकेका हुन् । यस अघि आचार्य जिल्ला सहसंयोजक थिए । आचार्यले भरतपुरको सप्तगण्डकी बहुमुखी क्यापसबाट बिद्यार्थी राजनीति शुरु गरेका थिए । क्याम्पस कमिटी सदस्य, सचिव र अध्यक्ष भएका आचार्य बिद्यार्थी राजनीतिमा कुशल र लोकप्रिय नेताका रुपमा परिचित छन ।









