काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची तोकिएको संसद् सचिवालयले जनाएको छ।
बैठकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ। भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ राष्ट्रिय सभाबाट भने पारित भइसकेको छ।
बैठकले संविधानसभा सदस्य पुरुषेत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गर्नेछ। नेपाली कांग्रेसबाट २०६४ मा संविधानसभा सदस्य बनेका बस्नेतको वैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो।









