एमाले स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं ।  नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार बस्दैछ। शुक्रबार नै बस्ने तय भएको बैठक शनिबारका लागि सारिएको हो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ८ बजे बैठक बस्ने जानकारी दिए। बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ।

केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गर्ने जनाइएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको