विदेशबाट आउँदा दुई वटा मोबाइल ल्याउन पाइने

काठमाडौँ ।  सरकारले विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो । सो व्यवस्थाका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कयौं मोबाइल खोसिने गरेको गुनासो आएको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको