एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बैठक बसिरहेको छ ।बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डा तय गर्ने जनाइएको छ । एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रासरुटको समीक्षालगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।

यस्तै बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझीबारे पनि केही निर्णय लिनसक्ने बताइन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको