एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुनेछ । सो छलफल पछि केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुनेछ ।

एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखी सुरु हुँदै छ ।

यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

गत मंशिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समीक्षालगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको