अहिलेका प्रदेश संरचना नेता व्यवस्थापनका लागि मात्र हुन्: रास्वपा सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संघीयताबारे मुख खोल्दै हालको प्रदेश संरचनाले कहीँ पनि नपुर्याउने बताएका छन् । केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा सभापति लामिछानेले अहिलेका प्रदेश संरचना नेता व्यवस्थापनका लागिमात्र भएको बताए ।

सभापति लामिछानेले भने- प्रदेश संरचना अहिले जसरी चलिरहेको छ,यसले कहिँ पनि पुर्याउँदैन । यसले राजनीतिक दलका नेता कार्यकर्ता व्यवस्थापन गर्नेमात्र हो ।

शासकीय स्वरुपमा हाम्रा कतिपय असहमति छन् र संविधानमै संशोधन गर्नुपर्नेछ तर पनि हामी यहि व्यवस्थाभित्र अवस्था परिवर्तन गर्न खोज्दैछौं ।

लामिछानेले संघीयताकै विपक्षमा आफूहरु अहिले नरहेको तर यो संरचनाले केही नगर्ने भन्दै प्रदेशमा उम्मेदवारी जानीबुझी नै नदिएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको