जुनसुकै दलको आडमा लागेका भएपनि दोषीलाई कारवाही गर्नुपर्छ: एमाले नेता बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित भएको बताएका छन् । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनले नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई काबारही गर्न दलहरु एक हुनुपर्ने बताए ।

उनले फेशबुकमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित छ । नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले, काँग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कार्बाहि गर्नु पर्दछ ।’

एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको