चितवनका व्यवसायी कँडेल मृत्यु प्रकरण: मानसिक तनाव दिएको भन्दै रुङ्गटा र रावलविरुद्ध किटानी जाहेरी

चितवन । पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा दुई जना बिरुद्ध किटानी जाहेरी परेको छ । मंगलबार साँझ आफ्नै कार्यालय नारायणगढको बेलचोकमा कँडेल झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

आत्महत्याको कारण अनमोल फिड कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदिप रुङ्गटा र कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावल बिरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कँडेल नेपाली काङ्ग्रेस चितवनका महासमिति सदस्य थिए । कँडेलले आत्महत्य अघि लेखेको सोसाईट नोट समेत प्रहरीले फेला परेको छ । केहीमहिना अघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रा.लि.को शेयर रुङ्टालाई बेचेका थिए । शेयर बिक्रिपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दवाव दिएको उनको सुसाईट नोटमा उल्लेख भएको प्रहरीको भनाई छ । उजुरी पछि दुबै जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको