काठमाडौँ । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनल जित्न १ सय १८ रनको लक्ष्य पाएको छ । यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट गरेपछि नेपाल सामु प्रतियोगिता जित्दै एसिया कपमा छनोट हुने राम्रो अवसर आएको हो ।
सोमबार वर्षाले खेल स्थगित गरेपछि मंगलबार खेलले निरन्तरता पाएको हो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ खेल अवरुद्ध हुन पुगेको थियो । त्यही स्कोरबाट खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो ।









