सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोला पुल नजिकै भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

सडकको बिच भागमा ठूलो भ्वाङ परेको र धुनिबेशी नगरपालिका ६ धार्केतर्फ गणेश खोला पुल नजिकै सडक भासिएपछि राजमार्गमा सवारी पुर्ण रुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

‘अहिले दुवैतर्फ सवारी बन्द छ’, उनले भने, ‘नगरपालिका र गाउँपालिका सहित सडक सञ्चाल गर्न र वैकल्पिक बाटो खोज्न लागिरहेका छौं ।’भासिएको ठाउँ नआइसकेका सवारीहरु चितवन र नुवाकोट भएर जान सक्ने र गणेश पुल नजिकै आइसकेका साना सवारीलाई वैकल्पिक बाटोबाट पास गराउने प्रयास भैरहेको उनले बताए । ‘नियमित रुपमा झै पृथ्वी राजमार्ग भएर सञ्चाल गर्न चाँहि समय लाग्छ,’ उनले भने, ‘यति बेलै सकिन्छ भन्न सकिन्न ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको