महावीर पुनले माइतीघरकै सडकमा रात बिताए

काठमाडौं ।  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माग पूरा नभएसम्म काठमाडौं माइतीघरको धर्ना निरन्तर जारी रहने बताएका छन्।

शुक्रबार धर्ना सुरु गरेका पुनले धर्नास्थल माइतीघरकै सडकमा रात बिताएका छन्। उनलाई केही युवाले साथ दिइरहेका छन्। अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा विकास बजेटको कम्तीमा एक प्रतिशत रकम छुट्याउनुपर्ने उनकोे माग छ ।

उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने माग अघि सरेका छन्।

देशका प्रतिभाशाली विद्यार्थी तथा भावी सन्ततिका लागि आफूले आन्दोलन गर्नुपरेको उनले बताएका छन्। आफ्नो आन्दोलनमा आम नागरिकले साथ नदिएको तर्फ संकेत गर्दै पुनले बिहानै सामाजिक सञ्जालमा व्यंग्य गरेका छन्। ‘हामी माइतीघर मण्डलाको सडकमा रातभर सुतेर उठ्यौँ, जनताहरु सुतिरहनुहोस् र सरकारलाई पनि मज्जाले सुत्न दिइरहनुहोस्’, उनले लेखेका , ‘केही चिन्ता छैन,के त होला र? हदै भए यही नेपाल जाला, पृथ्वी त रहिरहन्छ नि।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको