हावाका भरमा सरकारमा जाने कुरा हुँदैन: रवि लामिछाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हावाका भरमा सरकारमा जाने कुरा नहुने बताएका छन्। वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा चितवन २ बाट पुनः निर्वाचित सांसदसमेत रहेका लामिछानेले काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै सरकारमा जानुको औचित्य पुष्टि हुनुपर्ने बताए।

‘हिजो औचित्य थियो र सरकारमा गइएको थियो। काम फत्ते गर्नका लागि जाने हो। हावाका भरमा सरकारमा जाने कुरा हुँदैन।’ लामिछानेले भने, ‘के गर्ने भनेर पार्टीमा छलफल गर्छौं। यो सरकारले जुन ढंगले न्यूनतम साझा कार्यक्रम ल्याएको छ । समर्थनकै औचित्य माथि प्रश्न गर्नुपर्ने अवस्था आएको छ ।’ उनले चार वर्ष प्रतिपक्षमा बस्न सक्ने संकेत पनि गरे।

उनले भ्रष्टाचारका पुराना फाइल खोल्ने आफूहरूको एजेन्डा पाखा लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।

मधेशमा पार्टीको उपस्थिति कमजोर रहेको स्वीकार्दै लामिछानेले प्राविधिक रुपमा हार भए पनि रमेश खरेलजस्तो व्यक्तित्व आफूहरूको अभियानमा जोडिनु जित भएको बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको