मनमोहन अधिकारीकाे स्मृति दिवस: एमाले अध्यक्ष ओलीद्वारा सालिकमा माल्यार्पण

काठमाण्डाै ।  मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

२४ औं स्मृति दिवसको अवसरमा बुधवार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उहाँले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो । सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुनुहुन्थ्यो । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाण्डौको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको