काठमाण्डाै । उपचुनाव भएका तीनवटै क्षेत्रको नतिजा आएको छ । चितवन २ र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बारा २ मा जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ । गएको आइतबार वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा उपचुनाव भएको थियो । यो उपचुनावमा नेपाली कांग्रेसले एक क्षेत्र गुमाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक क्षेत्र थपेको छ । यस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको संसद छिर्ने चाहना पनि पूरा भएको छ ।









