चितवनमा लागुऔषध सहित तीन जना पक्राउ

चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–१ नारायणगढबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी रामग्राम–७ बस्ने वर्ष ४४ को चन्द्रिका राठौर, भरतपुर–११ बस्ने वर्ष २४ को सन्तोष सुनुवार र गैडाकोट नगरपालिका–२ विकास चोक बस्ने वर्ष १९ को रविन लामा रहेका छन् ।

वैशाख ११ गते दिउँसो १२ बजे उनीहरुलाई नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । सडक पेटीमा बसेका उनीहरुमाथि शंका लागि चेकजाँच गर्दा निजको साथबाट नाईट्राभेट ट्याबलेट दुई पत्तामा ३० पिस, डाईजेपाम १५० एम्पुल, नुफिन १५० एम्पुल, फेनारगन १५० एम्पुल गरी ४५० एम्पुल र नगद ४७ हजार ४५० रुपैयाँ बरामद गरिएको उनले बताए ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको