चितवन-२ मतगणना अपडेट: गन्न बाँकी मतभन्दा रवि लामिछानेको मतान्तर बढी

चितवन  ।  चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५० हजार बढी मत गणना हुँदा लामिछानेले ३६१५८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७१४८ छ। उनीहरूबीचको मतान्तर २९०१० छ।

चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत २८ हजार मात्र छ। अहिलेलै लामिछानेले प्रतिस्पर्धीसँग २९ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको