नेकपा एस छाडेका मुकुन्द न्यौपानेसहित दर्जनौँ नेता–कार्यकर्ता एमाले प्रवेश

काठमाडौं । अघिल्लो महिना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) छोडेका नेता मुकुन्द न्यौपानेसहित दर्जनौँ नेता तथा कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष समारोहबीच नेता न्यौपानेसहित अन्य धेरै नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।

नेता न्यौपानेलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरे । न्यौपानेसँगै नेकपा एसका केन्द्रीय कमिटी, सल्लाहकार कमिटी, केन्द्रीय आयोग, निकाय, प्रदेश कमिटी र जिल्ला कमिटीका गरी चार दर्जन भन्दा बढी नेताहरु एमालेमा समाहित भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको