नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवस आज

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस । नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरुआत भएको दिनको स्मरणमा बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । जहानियाँ राणा शासनकै समयमा २००६ बैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

स्थापनाको सात दशकको इतिहासमा पटक–पटक कम्युनिष्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिष्ट आन्दोलनले गति पाएको थियो । नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओबादीले हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमालेले विशेष कार्यक्रमको आयोजना गरेको छ । एमालेले  दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यलय,च्यासलमा कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको हो । । कार्यक्रममा पार्टीका अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्या रहने एमाले प्रचार तथा प्रसार विभाग सचिव गगन बिष्टले जानकारी दिनुभयो ।

यसैगरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिष्ट पार्टीहरुले पनि छुट्टाछुट्टै विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने तयारी गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको