उपनिर्वाचन: चितवन २ को नमुना मतदान स्थल भरतपुर मावि

चितवन । वैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि चितवन क्षेत्र नं २ को भरतपुर माविलाई नमुना मतदान स्थल तोकिएको छ ।

मतदान स्थलको चार वटै मतदान केन्द्रमा महिला कर्मचारी खटाएर भरतपुर माविलाई नमुना मतदान स्थल बनाउन खोजिएको हो ।

निर्वाचन ऐन अनुसार एउटा निर्वाचन क्षेत्रमा एउटा मतदान स्थललाई नमुना मतदान स्थल बनाउनुपर्ने व्यवस्था छ । एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृतसहित पाँच जना महिला कर्मचारी र तीन जना महिला स्वयमसेवक खटिएका छन् । त्यस्तै, मतदान स्थललाई २४ जना सुरक्षाकर्मीले सुरक्षा दिन थालिसकेका छन् । सुरक्षाकर्मी भने महिला र पुरुष मिश्रित छन् ।

निर्वाचन सामाग्री लिएर बिहीबार नै मतदान केन्द्रमा पुगेका कर्मचारीले आज शुक्रबार सर्वदलिय बैठक राखेका छन् । मतदानलाई शान्तिपूर्ण, स्वच्छ र निश्पक्ष बनाउने सन्दर्भमा सर्वदलिय बैठक बसेको मतदान केन्द्र ‘ख’को मतदान अधिकृत विष्णुमाया विकले बताइन् ।

भरतपुर माविमा मतदान केन्द्र ‘क’मा ८४०, ‘ख’मा ८६८, ‘ग’मा ८६८ र ‘घ’मा ८६८ जना गरी जम्मा तीन हजार ४४४ मतदाताले मतदान गर्दै छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको