सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व सत्तारुढमा गठबन्धनका नेता आज चितवन आउँदैछन् । चितवन– २ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता चितवन आउँन लागेका हुन् ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार श्रेष्ठलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु आज चितवन आउन लागेको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताले चितवनको पदमपुरमा आज दिउँसो ३ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको