काठमाडौं । संवैधानिक परिषद्को बैठक जारी रहेको छ। बुधबार बिहान प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा बसेको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर थापा र उपसभामुख इन्दीरा राणामगर रहेका छन्।
यस अगाडि प्रचण्ड, ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा सर्वोच्च अदालत लामो समयदेखि कामु प्रधानन्यायाधीश रहेकाले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो।









