प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषद्‍ बैठक, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शुक्रबारका लागि संवैधानिक परिषद्‍को बैठक बोलाएका छन् । दाहालले सोमबार बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहँदा प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् । शुक्रबारको उक्त बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नसक्ने बताइएको छ । संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको