गोरखा । नेकपा एमालेका सचिव पदमा अर्यालले प्रचण्ड र माधव नेपाललाई कम्युनिष्ट हुँ भन्ने नैतिक अधिकार नरहेको बताएकी छन । आज गोरखामा गण्डकी गाउँपालिकास्तरिय बृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनिले दुईतिहाइको कम्युनिष्ट सरकारलाई अदालतमा मुद्धा हालेर ढालेर कांग्रेसको सरकार बनाउने प्रचण्ड र माधव नेपाललाई कम्युनिष्ट हुँ भन्ने नैतिक अधिकार नरहेको बताएकी हुन । एमाले बामपन्थीहरु एक हुनु पर्ने पक्षमा रहे पनि माओवादी र समाजवादी कांग्रसको पछि लागेको अर्यालले बताइन ।
“सरकार गिराएर, पार्टी फुटाएर गएकालाई प्रधानमन्त्री बनाउने एमालेको यो भन्दा उद्धारता के हुन्छ, उनिले भनिन अझ राष्ट्रपति माधव नेपाललाई खाउ बामपन्थी मिलेर जाँउ भनेको होइन ।” अर्यालले माओवादी र समाजवादी पार्टी नेपालको कम्युनिष्ट आन्दोलनलाई धुलोमा मिसाउने, हसिया हथौडाको झन्डा पोल्ने अभियानमा रहेको बताइन् । उनिले एकदिन प्रचण्डले पार्टी कांग्रेसमा बिलय गर्ने बताइन । कार्यक्रममा नेपाल समाजवादी पार्टी गण्डकी गाउँपालिकाका अध्यक्ष यमप्रसाद दुवाडीसहित विभिन्न पार्टी परित्याग गरि एक दर्जनभन्दाबढि नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।












