सिंहदरबारमा शीर्ष नेताबीच भेटवार्ता

काठमाडौं ।  सिंहदरबारस्थित सभामुखको कार्यालयमा शीर्ष तीन नेता र सभामुखको छलफल सुरु भएको छ।  भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवार एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री, सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल सुरु भएको हो।

उनीहरूबीच समसामयिक राजनीतिक विषय तथा संसद्‌को बिजनेसबारे कुराकानी हुनसक्ने अनुमान गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको