गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको काम एक-दुई हप्तामै सुरू हुन्छ: प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयमा एक-दुई हप्ताभित्रमा निर्णय हुने बताएका छन्।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यासपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले एक-दुई हप्तामा निर्णय गरेर क्रिकेट रंगशाला निर्माणको काम सुरू गर्ने बताए।

‘त्यो क्रिकेट रंगशालाको विषयमा मलाई लाग्छ एक हप्ता या दुई हप्ताभित्र सबै समस्या समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ। यो कुरामा म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

भरतपुरमा बनिरहेको रंगशाला आर्थिक अभावका कारण अलपत्र बनेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको