थ्रि नेशन्स कप: भुटानसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा

काठमाडौं । भुटानसँग १-१ गोलको बराबरी खेल्दै नेपाल प्रधानमन्त्री थ्री नेशन्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (मंगलबार) साँझ भएको खेलमा भुटानसँग १–१ गोलको रोमाञ्चक बराबरी खेल्दै घरेलु टोली नेपालले लाओससँग उपाधि भिडन्त तय गरेको हो।

खेलको १९ औँ मिनेटमा भुटानका लागि तेञ्जिङ नोर्बुले हेडमार्फत गोल गर्दै निकै दबाबमा राखे पनि नेपालले खेलको अन्तिम समयमा गोलको खडेरी तोडेको थियो।

खेलको ९० औँ मिनेटमा दिपकराजसिंह ठकुरीले नेपालका लागि हेडरबाटै बराबरी गोल गर्दै फाइनलमा स्थान सुरक्षित गरे। नेपालको बराबरीसँगै लाओस पनि फाइनलमा पुगेको छ। अब उपाधिका लागि नेपालले १७ गते लाओससँग खेल्नेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको