काठमाडौं । सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो।
मन्त्रालयको भागबन्डा गर्न बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो। अर्को बैठक भोलि बिहान ९ बजे बस्ने भएको छ।
बैठकमा नेपाली कांग्रेसले सबैभन्दा बढी ९ वटा मन्त्रालयमा दाबी गरेको छ। यस्तै जनता समाजवादी पार्टी ३, नेकपा एकीकृत समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टीले दुई वटा मन्त्रालयमा दाबी गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिए।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए।









