प्रहरीमा रिक्त ४ एआईजीमा बढुवा सिफारिस, को को परे ?

काठमाडौं । नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक (एआईजीमा बढुवा सिफारिस भएको छ । बढुवा सिफारिसको सोमबार बसेको बैठकले मीरा चौधरी, सुदीप गिरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ ।

उनीहरू सबै वर्तमान आईजीपी वसन्त कुँवरका ब्याची हुन् । सरकारले चैत १० गते कुँवरलाई आईजीपीमा बढुवा गरेको थियो । नेपाल प्रहरीका ८ एआईजी दरबन्दीमध्ये तीनजनाले चैत १० गते मध्यरातबाट अवकाश पाएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको