नेकपा एसबाट सरकारको नेतृत्व डा. बेदुराम भुसालले गर्ने

काठमाडौं । ११ दलीय सत्ता गठबन्धनको पाँचौँ ठूलो घटक नेकपा एकीकृत समाजवादी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने भएको छ । नेकपा एसको महासचिव छाडेर उपाध्यक्ष बनेका डा. भुसाल राष्ट्रियसभा सदस्य हुन् ।

अध्यक्ष माधवकुमार नेपालले डा. बेदुराम भुसाललाई सरकारको नेतृत्व गरेर पठाउन लागेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत गराइसकेको बालुवाटार स्रोतले जनाएको छ । भुसाल नेकपा एसका संस्थापक महासचिव भए पनि घनश्याम भुसालका लागि सो पद छाडेका छन् ।

नेकपा एसका माधव नेपालसहित १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । नेपालबाहेक ९ जना सांसद नै मन्त्रीको दाबेदार छन् । यद्यपि पहिलो चरणमा डा. बेदुराम भुसालसहित प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने तयारी नेकपा एसको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको