एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (बिहीबार) जारी गरेको तथ्यांकमा १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको देखिएको छ। जुन पछिल्लो पाँच महिनायताकै बढी संक्रमित संख्या हो।

गत कात्तिक ७ गते ४२ जनामा संक्रमण पुष्टि भएयता संक्रमितको संख्या निरन्तर घटेको थियो। तर हिजो भने एक्कासि १७ जनामा संक्रमण देखिएको हो।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो भेटिएका १७ जना संक्रमितमध्ये ९ जना काठमाडौं उपत्यकाका रहेका छन्। बाँकी भने खोटाङ र तनहुँका दुई/दुई जना र तनहुँ, गुल्मी र बाराका एक/एक जना छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको