मन्त्रालयको भागवण्डा मिलाउन गठबन्धन दलका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । मन्त्रालयको भागवण्डा मिलाउन गठबन्धन दलका शीर्ष नेता बालुवाटारमाछलफल गरिरहेका छन् ।

चैत ६ गते विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन दलसँग छलफल गरेर सरकारलाई पूर्णता दिन लागेका हुन् ।

छलफलका लागि सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगिसकेका छन् ।

वुधबार पनि प्रचण्डले देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको थिए । तर, वुधबारको छलफल प्रारम्भिक भएकाले कुनै सहमति बन्न सकेको थिएन ।

आज पनि गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर एकदुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

मन्त्रालय बाँडफाँटको विषयमा गठबन्धनमा रहेका शीर्ष चार दलबीच मात्रै परामर्श भइरहेको छ । वुधबार पनि प्रधानमन्त्रीले कांग्रेस, नेकपा एस र जसपाका नेताहरुसँग मात्रै छलफल गरेका थिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको