काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्।
गत पुस १० गते ७ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले गत पुस २६ गते पनि विश्वासको मत लिएका थिए।
सरकारलाई समर्थन गरेका नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिई सरकारबाट पनि बाहिरिएपछि प्रधानमन्त्रीले पुन: प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका छन्।









