गोरखा । गोरखा सदरमुकाम स्थित विसौनी मोडमा ट्रक दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
सोमबार दिउसो १ बजे विसौनी मोडमा दुध बोक्ने गाडी पल्टिदा ६ पुरुष र २ महिला गरी आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रदेश नं ३ को ०१–००३–६१७० नम्बर दुध बोक्ने गाडी पल्टिएको हो । दुध बोक्ने गाडीले पैदयात्रीलाई समेत ठक्कर दिएर तल पल्टिएको हो ।
सोहि गाडीले बा ८६ प १७८६ नम्बरको मोटरसाइकलाई समेत ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
सवारी दुर्घटनाबाट घाइते भएका आठ जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।









